निफ्राको खुद नाफा ३६ प्रतिशतले बढ्यो, इपिएस कति ?

२८ कार्तिक २०७८, आईतवार १२:४८

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरणअनुसार कम्पनीको खुद नाफामा सुधार देखिएको छ ।

कम्पनीले चालु आवको यस अवधिसम्ममा १९ करोड ६ लाख ७७ हजार रुपैैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा ३६.१९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

साथै समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन मुनाफा समेत बढ्न पुगेको छ । कम्पनीको खुद ब्याज आम्दानी ४५.७८ प्रतिशतले बढेर ४१ करोड ३४ लाख १३ हजार रुपैयाँ पुगको छ । साथै संचालन मुनाफा समेत ३४.१९ प्रतिशतले बढेर ३४ करोड ५७ लाख ४३ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा कम्पनीको खुद नाफा बढ्न पुगेको हो ।

त्यस्तै, पहिलो त्रैमाससम्ममा कम्पनीको चुक्तापूँजी २० अर्ब पुगेको छ । कम्पनीले सर्वसाधारणमा साधारण शेयर (आईपीओ) निष्काशन गरेपछि १२ अर्ब रहेको चुक्तापूँजी २० अर्ब पुगेको छ ।

साथै समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७४ रुपैयाँ ३७ पैसा पुगेको छ । त्यस्तै प्रतिशेयर नेटवर्थ ११३ रुपैयाँ २२ पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*