नेशनल लाइफको दुई एजेन्सी कार्यालय संचालनमा

२८ कार्तिक २०७८, आईतवार १२:२३

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले दुई एजेन्सी कार्यालय संचालनमा ल्याएको छ !महेन्द्रनगर बजार स्थित गल्ली ३ र भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउ रत्न टोलमा कम्पनीका सुदुरपश्चिम प्रदेशका प्रमुख रामचन्द्र तिवारीको प्रमुख आतिथ्यमा उक्त एजेन्सी कार्यालय हरुको उदघाटन गरेका हुन् ।

कार्यक्रममा कंचनपुर शखाका प्रमुख नवीन किशोर भट्टको अध्यक्षतामा विशिष्ट अतिथि अत्तरिया शाखाका दीपक प्रसाद खत्रीको उपस्थितीमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।
उक्त कार्यक्रममा सिनियर बिजनेस मेनेजर धन सिह ठगुन्ना , राजेन्द्र बहादुर चन्द लगायत अभिकर्ता एवम् कम्पनीका कर्मचारी हरुको भब्य उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*