सगरमाथा इन्स्योरेन्सद्धारा बीमा सर्भेयर सूचिकरणका लागि आह्वान

२८ कार्तिक २०७८, आईतवार १२:१२

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा सर्भेयर सूचिकरणको लागि आह्वान गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै सूचीकृत हुन आह्वान गरेको हो ।

उक्त कम्पनीमा पर्न आएका बीमा दाबीहरुको क्षति मूल्याङ्कन सर्वेक्षणको कार्य गर्नका लागि बीमा क्षति मूल्याङ्कनकर्ताहरुको सूचिकरण गर्न पर्ने भएका कारण कम्पनीले कार्य गर्न इच्छुक बीमा समितिबाट मूल्यांकनकर्ताको इजाजत प्राप्त व्यक्ति।फर्म।कम्पनीलाई सूचिकृत हुन आह्वान गरेको हो ।

कम्पनीले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय वा कम्पनीको इमेलमा आवश्यक कागजातसहित सूचीकरणका लागि आवेदन दिन आग्रह गरेको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिक डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*