समता घरेलु लघुवित्तको नाफामा सुधार, अन्य सूचक कस्तो ?

२८ कार्तिक २०७८, आईतवार ११:२६

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा सामान्य सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफामा २.५३ प्रतिशतले बढेर १ करोड १४ लाख ७३ हजार रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड ११ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २०६.४८ प्रतिशतले बढेर ५ करोड २० लाख ४४ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि ३.५७ प्रतिशतले बढेर १ करोड ८२ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्म आइपुग्दा कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ०७ पैसा र प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ६२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*