लुम्बिनी विकास बैंकको लाभांश संशोधन, कति दिदैछ बोनस र नगद ?

२८ कार्तिक २०७८, आईतवार ११:०६

काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांशमा संशोधन गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन पश्चात बैंकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट लगानीकर्तालाई वितरण गर्ने प्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।

कम्पनीले कात्तिक २६ गते बसेको संचालक समितिको बैंठकले लाभांशमा संशोधन गर्दै १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६८ प्रतिशत नगद लाभांश गरी कुल १३ दशमलव ६८ प्रतिशत लाभाांश वितरण गर्नेछ ।

यसअघि कम्पनीले १० प्रतिशत बोनस शेयर र ३ दशमलव ७१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनीको हाल २ अर्ब ९० करोड ६४ लाख ५३ हजार ५४९ दशमलव ५५ रुपैयाँ चुक्तापूँजी रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*