सोल्टी होटलको साधारण सभाको मंसिर २८ गते, बुक क्लोल कहिले ?

२८ कार्तिक २०७८, आईतवार १०:५८

काठमाडौं । सोल्टी होटल लिमिटेडले ४७ औं वार्षिक साधारण सभाको मिति तय गरेको छ । कम्पनीले साधारण सभा मंसिर २८ गते कम्पनीको आफ्नै रजिष्टार्ड कार्यालय ताहाचल काठमाडौंमा बिहान ११ बजे भर्जुअल माध्यमबाट बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने र चालुु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव आगाडि सारेको छ ।

साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकको निर्वाचन र स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि मंसिर ६ गतेदेखि २८ गते सम्म बुक क्लोज गर्ने हुदा मंसिर ५ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*