सिभिल लघुवित्तको साधारण सभा आज, २० प्रतिशत लाभांश पारित हुँदै

२८ कार्तिक २०७८, आईतवार १०:५१

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा आज (कात्तिक २८ गते) हुदै छ । सभा काठमाडौंको त्रिपुरेश्व स्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेका लागि बोलाएको हो ।

उक्त सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल परी पारितत गर्न र आर्थिक वर्ष २०७८।०७९ का लागि लेखा परीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने कम्पनीले जनाएको छ । साथै साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक १४ गते बुक क्लोज गरेको हुदा कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*