आईएमई लाईफद्वारा तेह्रथुमका गजेन्द्र तामाङको आश्रित परिवारलाई मृत्यु दावी भुक्तानी बापतको रकम हस्तान्तरण

२७ कार्तिक २०७८, शनिबार १३:१२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तेह्रथुम जिल्ला म्याङ्लुङ नगरपालिका वडा न १०, निबासी गजेन्द्र तामाङको परिवारलाई पाँच लाख २६ हजार ७ सय ६० रुपैयाँ मृत्यु दाबी भुक्रानी गरेको हो ।

स्व. तामाङको कोरोना भाइरस (कोभिड –१९) संक्रमणको कारण धनकुटा जिल्ला अस्पतालमा उपचारको सिलसिलामा गत साउन २० गते निधन भएको थियो । कम्पनीले उक्त दावी भुक्तानी चेक बीमित स्व. गजेन्द्र तामाङ्की धर्मपत्नी श्रीमती रिता तामाङलाई हस्तान्तरण गरेको हो । चेक म्याङ्लुङ नगरपालिकाका प्रमुख सन्जय कुमार तुम्बाहाम्फे र बिराटचोक शाखा प्रमुख यामनाथ दाहालले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, अभिकर्ता र बीमितहरुको उपस्थिति रहेको थियो ।

सो क्रममा नगर प्रमुख तुम्बाहाम्फेले जीबन बीमा गर्नु अपरिहार्य रहेको र यसले बीमितको मृत्यु भएको खण्डमा निजको परिवारलाई बुढेसकालमा लठ्ठीले सहारा दिएजस्तै जीवन बीमाले पनि साहारा दिने धारणा राखे । त्यसैगरी स्व. तामाङको धर्मपत्नी रिता तामाङले बिना झन्झट, सरल र सहज रुपमा मृत्यु दावी भुक्तानी गरेको भन्दै आइएमई लाइफ इन्स्योरेन्सलाई धन्यवाद दिँदै र प्राप्त रकमलाई छोरीहरुको शिक्षा र उन्नत भविष्यको लागि लगानी गर्ने बताइन् । मृतकको स–साना दुइ छोरीहरु रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*