८० रुपैयाँ इपिएस हुँदा १०० प्रतिशत लाभांश दिएको हिमालय डिस्टीलरीले यस वर्ष ११९ इपिएस हुँदा कति देला लाभांश ?

२७ कार्तिक २०७८, शनिबार ०८:१६

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनीको गत आर्थिक वर्ष चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीले एक अर्ब चार करोड सात लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२२.९० प्रतिशतले धेरै हो ।

नेपालमा सञ्चालित स्वदेशी लगानीको कम्पनीहरुमा सबैभन्दा धेरै शेयर मूल्य हुने कम्पनीमा हिमालयन डिस्टीलरी पर्दछ । हिमालयन डिष्टिलरी कम्पनीको दोश्रो बजारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६ हजार ९ सय १० रूपैयाँ रहेको छ ।

कम्पनीले गत वर्ष आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश वितरण गरेको थियो । अहिले कम्पनीको वित्तीय अवस्था झनै बलियो भएको हुनाले कम्पनीले लाभांश दर बढाउने लगानीकर्ताहरूले प्रक्षेपण गरेका छन् । हालसम्म कम्पनीले यस आर्थिक वर्षको लाभांश घोषणा गरेको छैन ।

कम्पनीको विगत ८ वर्षको लाभांश इतिहास नियाल्दा कम्पनीले पछिल्लो २ वटा आर्थिक वर्षमा मात्र बोनस वितरण गरेको छ भने अधिकांश समय नगद नै लाभांश वितरण गरेको पाइन्छ ।

विगतका वर्षहरूमा कम्पनीले नगद लाभांश मात्रै वितरण गर्ने गरेको थियो । हालसम्म कम्पनीले घोषणा गरेको लाभांशमध्ये सबैभन्दा धेरै आर्थिक वर्ष २०७५/७६ मा ५० प्रतिशत बोनस र ५२.६३ प्रतिशत नगद गरि कूल १०२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तै, कम्पनीले सबैभन्दा थोरै आर्थिक वर्ष २०७०/७१ मा १०.५२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

लगानीकर्ताहरुलाई यस वर्ष कम्पनीले कति लाभांश देला भन्ने आम चासोको विषय बनेको छ । हिमालयन डिस्टीलरीको गत वर्ष प्रतिशेयर आम्दानी ८०.७२ रुपैयाँ थियो । यसवर्ष प्रतिशेयर आम्दानी झण्डै डेढ गुणाले बढेर ११९.९४ रुपैयाँ पुगेको छ । कम्पनीले गत वर्ष नै १०० प्रतिशत लाभांश दिएकोले वर्ष वर्ष सो भन्दा बढि दिने निश्चित देखिन्छ । तर, लाभांश सम्बन्धी निर्णय सञ्चालक समितिले गर्ने हुँदा मिडियामा गरिएको अनुमान सही नहुन पनि सक्दछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*