थप ३९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मूत्यु

२६ कार्तिक २०७८, शुक्रबार १६:१९

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३९७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ९ हजार १३४ जनामा पीसीआर गर्दा २५५ जनामा र १ हजार ९३२ जनामा एन्टिजेन परीक्षण गर्दा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, शुक्रबार पछिल्लो २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मूत्यु भएको छ भने ३८९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ४९८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*