सिटिजन्स बैंक र ब्ल्याक बर्ड रेष्टुरेन्टबीच छुट सम्बन्धी सम्झौता

२६ कार्तिक २०७८, शुक्रबार १५:४७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ब्ल्याक बर्ड रेष्टुरेन्ट एण्ड लाउञ्ज प्रालिबीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पश्चात बैंकका कार्डबाहकहरुलाई ब्ल्याक बर्डको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यो किसिमको सेवाले बैंकका ग्राहकहरु सहज र सरल हुनुका साथै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको ब्यवस्था रहेको बैंकले जनाएको छ । ब्ल्याक बर्ड रेष्टुरेन्टले काठमाडौंको ठमेल मार्फत सेवा दिदै आइरहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*