प्रभु बैंकले अस्ट्रेलियाको फोरेक्सबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता

२६ कार्तिक २०७८, शुक्रबार १५:०३

काठमाडौं ।  प्रभु बैंकले अस्ट्रेलियाको फोरेक्स स्र्पोट पिटियोई लिमिटेडसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता भएको छ । अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीले अब फोरेक्स स्पोर्टमार्र्फत नेपालमा रहेका आफन्त तथा इष्टमित्रलाई नेपालभरि रहेका प्रभु बैंकका २१४ वटा शाखा तथा प्रभु रेमिट्यान्सका १६ हजारभन्दा बढी एजेन्टहरुबाट सहजै भुक्तानी पाउन सक्नेछन्।

यसका साथै यो सेवा प्रभु बैंकको खातामा मात्रै सीमित नभई देशका अन्य बैंक तथा वित्तीय संस्थाहरुको खातामा समेत तुरुन्तै रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ।
सम्झौताले विशेषगरी विदेशमा रहेका नेपालीहरुले गुणस्तरीय रेमिट्यान्स तथा बैंकिङ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*