उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ बने धितोपत्र बोर्डको संचालक

२६ कार्तिक २०७८, शुक्रबार १३:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा नियुक्त भएका छन् । श्रेष्ठ महासंघको तर्फबाट नियुक्त हुने सदस्यमा नियुक्त भएका हुन्।यसअघि सर्वोत्तम सिमेन्टको सेयर प्रकरणमा मुछिएपछि चन्द ढकालले उक्त पदमा राजिनामा दिएका थिए ।

ढकालले राजीनामा दिएपछि रिक्त रहेको उक्त पदमा महासंघले श्रेष्ठलाई पठाएको हो । नवनियुक्त सञ्चालक श्रेष्ठले कात्तिक २५ गतेदेखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हालेका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*