दिव्यश्ररी हाईड्रोपावरको खुद नाफामा देखियो सुधार, प्रतिशेयर आम्दानी कति ?

२६ कार्तिक २०७८, शुक्रबार १३:०२

काठमाडौं । दिव्यश्ररी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ ।
पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा २९ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । जुन अघिल्लो वर्ष सोही अवधिमा कम्पनी ५१ लाख ४१ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।

असोज मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री आम्दानी २१.७८ प्रतिशतले बढेर २ करोड ९७ लाख रुपैयाँ रहेको छ । समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ११ पैसा र नेटवर्थ २२ रुपैयाँ ८३२ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*