नयाँ सारथी लघुवित्तको खुद नाफा घट्यो, खुद ब्याज आम्दानी कति ?

२६ कार्तिक २०७८, शुक्रबार १२:२०

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा कम्पनीको खुद नाफा गत बर्ष भन्दा चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा आइपुग्दा २.९३ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्ष ६७ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको कम्पनीले पहिलो त्रैमाससम्मको अवधिमा आइपुग्दा खुद नाफामा ६५ लाख ५० हजार रुपैयाँमा सिमित भएको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ९.४६ प्रतिशतले बढेर ५ करोड १५ लाख २७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको चुक्तापूँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ७७ लाख ८५ हजार रुपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ २० पैसाले घटेर १० रुपैयाँ २८ पैसामा झरेको छ भने प्रतिशेयर नेटवर्थ १९३ रुपैयाँ २७ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*