सिटिजन्स बैंकको साढे ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

२६ कार्तिक २०७८, शुक्रबार ११:५७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थापक समूह तर्फको ३५ हजार ५३५ दशमलव ९९ कित्ता शेयर लिलामीमा ल्याएको हो ।कम्पनीको संस्थापक शेयरधनी क्षितिज भुषालले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लाागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले न्यूनतम बिक्री मूल्य प्रतिकित्ता २०४ रुपैयाँ तोकेर भदौ २ गते देखी विद्यमान संस्थापक शेयरधनीका लागि बिक्री खुल्ला गरेको भएपनि सो अवधिमा कुनै पनि आवेदन प्राप्त नभएकाले अन्य ब्यक्ति तथा संंघ संस्थालाई बिक्री खुल्ला गरेको हो ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय नारायणहिटी पथ काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*