साना किसान लघुवित्तले १६ करोड ५४ लाख रुपैयाँ नाफा कमायो

२६ कार्तिक २०७८, शुक्रबार ११:३२

काठमाडौं । साना किसान विकास लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको नाफामा सुधार देखिएको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा १८.१२ प्रतिशतले बढेर १६ करोड ५४ लाख ७ हजार रुपैयाँ पुगेको छ । जुन गतवर्ष सोही अवधिमा १४ करोड ३० लाख रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ११.९० प्रतिशतले बढेर २९ करोड ९२ लाख १४ हजार रुपैयाँ पुगेको छभने सञ्चालन नाफा १४.५६ प्रतिशतले बढेर २० करोड ७३ लाख ५३ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५२ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*