१४ प्रतिशत लाभांश पारितका लागि माछापुच्छ्रे बैकले वार्षिक साधारण सभा आज
२६ कार्तिक २०७८, शुक्रबार १०:५९
काठमाडौं । माछापुच्छ्रे बैंकले २३ औं वार्षिक साधारणसभा आज हुँदैछ । सो बैंकको साधारणसभा आज (कात्तिक २६ गते) पोखराको होटल पोखरा ग्राण्डमा बिहान ११ बजे भर्चुअल रुपमा बस्दैछ ।
उक्त सभाले संचालक समितिले निर्णय गरे बमोजिम कम्पनीलेको हालकायम रहेको चुक्ता पूँजीबाट १३.३० प्रतिशतबोनस सेयर र ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजन र लाभांश लागि कात्तिक ७ गते एक दिनका लागि बुक क्लोज गरेको हुँदा कात्तिक ६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।