२० प्रतिशत बोनस शेयर दिने वोमी लघुवित्तको निर्णय, बुक क्लोज हुन बाँकी

२६ कार्तिक २०७८, शुक्रबार १०:५३

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर घोषण गरेको छ । कात्तिक २५ गते बसेको संचालक समितिको बैठकले २० प्रतिशत बोनश शेयर दिने प्रस्ताव गरेको हो ।

कम्पनीको हालकायम चुक्ता पूँजी ४१ करोड १९ लाख ४४ हजार ४ सय रुपैयाँको २० प्रतिशत बोनश शेयर ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त बोनश शेयर नेपाल राष्ट्र बैंकबाट स्कीकृत भै आगामी साधारण सभाबाट पारित भएपश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ । कम्पनीले बुक क्लोजको मिति घोषणा गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*