आईएमई लाइफ इन्स्योरेन्सको १३४ औं शाखा कन्चनपुर जिल्लाको पुनर्वासमा

२५ कार्तिक २०७८, बिहीबार २१:११

काठमाडौं । आईएमई लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले थप एक नयाँँ शाखा बिस्तार गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको कन्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा आफ्नो शाखाको औपचारिक शुभारम्भ गरेको हो ।

उक्त बिस्तारित शाखा कार्यालयको उद्घाटन कम्पनीका क्षेत्रिय प्रबन्धक सुमन तिमिल्सिनाले र पुनर्वास नगरपालिकका मेयर जीवनराज थापाले गरेका थिए । भावी योजना, आधुनिक प्रविधिद्वारा प्रदान गरिने सुविधाका सम्बन्धमा यहाका स्थानिय वासिन्दालाई जीवन बीमाको पहुँच तथा जागरुकताको लागि सो शाखा बिस्तार कोसेढुंगा रहने विश्वास कम्पनीले लिएको छ ।
उक्त शाखाबाट नगरपालिकाका स्थानीय बासिन्दाहरुलाई सहज रुपमा आईएमई लाईफ इन्स्योरेन्सले प्रदान गरिरहेको जीवन बीमा सम्बन्धि बिभिन्न सेवाहरु प्रदान गरीने जनाएको छ । थप एक शाखा बिस्तार भएसँगै हाल कम्पनीका देशभर १३४ वटा शाखा तथा उप शाखा संचालनमा रहेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*