नेप्सेमा हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत

२५ कार्तिक २०७८, बिहीबार १७:४३

नेप्समा आज हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको हकप्रद सेयर सूचिकृत भएको छ ।नेप्सेमा कम्पनीको ७ करोड ७० लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

कम्पनीले साउन ५ गतेबाट भदौ ८ गते, मंगलबारसम्म १ः१ अनुपातमा १०० रुपैयाँ अंकित दरका कुल ११ करोड कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । उक्त हकप्रद सबै बिकेको थिएन । कम्पनीले फेरि लिलाम बढाबढ गरेर बिक्री खुल्ला गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*