बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईसहित १२ जनाले दिए धितोपत्र बोर्डमा आवेदन

२५ कार्तिक २०७८, बिहीबार १७:३१

काठमाडौं । बीमा समितिका पूर्वअध्यक्ष सहित १२ जनाले नेपाल धितोपत्र बोर्डका अध्यक्षको लागि आवेदन दिएका छन् । अर्थमन्त्रालयले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिको लागि गठित छनौट तथा सिफारिस समितिले कार्तिक ११ गते सुचना जारी गर्दै आवेदन आह्वान गरेको थियो ।

बोर्डका लागि अध्यक्ष पदका लागि आज अन्तिम दिन हो । आज कार्यालय समयभित्रैमा बीमा समितिका पूर्व अध्यक्ष चापागाई १२ जनाको आवेदन परेको अर्थ मन्त्रालयका सहसचिव रमेशकुमार केसीले बीमापोष्टलाई जानकारी दिएका छन् ।हालसम्म बोर्डका कार्यकारी निर्देशक निरज गिरी र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारीले आवेदन दिएका छन् । डा. अधिकारी बोर्डको संचालक समितिको सचिव समेत हुन् । उनले यस अघि पनि बोर्ड अध्यक्षको लागि आवेदन दिएका थिए ।

त्यस्तै, नेप्सको पूर्व सीइओ सिताराम थपलिया, र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले पनि आवेदन दिएका छन् । त्यस्तै डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, डा.जीवन आम्गाई, अनिल पौडेल, प्रभु बैंकका पूर्व सञ्चालक अम्बिका शर्मा लामिछाने र कर्मचारी संचय कोषका पूर्व कार्यकारी कृष्ण आचार्यसहित अर्का एक जनाले पनि आवेदन दिएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयले अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नाका लागि सिफारिस समिति गठन गरिसकेको छ । मन्त्रालयले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल, अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा. नारायण प्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको छ ।
समितिले धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्नको लागि योग्यता पुगेका कम्तीमा तीन जना व्यक्तिको नाम सिफारिस गर्ने छ । ति मध्येबाट मन्त्रिपरिषद्को बैठकले एक जना बोर्डको अध्यक्ष नियुक्त हुनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*