बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट पाउने

२५ कार्तिक २०७८, बिहीबार १६:४५

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले एपोलो पोलिक्लिनिकमा बिशेष छुट छुट पाउने भएका छन् ।

बैंकका ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा स्वास्थ्य परिक्षण तथा ल्याव शुल्कमा २० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो ।

उक्त सम्झौता पश्चात बैंकका ग्राहकहरुले क्लिनिकले प्रदान गर्दै आइरहेका प्याथोलिजी सेवामा २० प्रतिशत, डाइग्रोष्टिक सेवाहरुमा १० देखी २० प्रतिशत र फार्मेसी सेवामा १० प्रतिशत छुट प्राप्तगर्ने सक्ने बैंकद्वारा सूचनामा जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*