नेप्से ५९ अंकले घट्दा ५ अर्बमा खुम्चियो कारोबार, सबै उपसूचक राताम्य

२५ कार्तिक २०७८, बिहीबार १५:१५

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक ५९.४९ अंकले घटेर २६९०.३६ विन्दुमा कायम भएको छ ।

नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २.१६ प्रतिशतले घटेर आज १३ उपसूचक नै राताम्य भएका छन् । सर्वाधिक रुपैयाँका आधारमा जीवन बीमा समूहमा ३१६ रुपैयाँको गिरावट आएको छ ।

नेप्सेमा सूचिकृत २२५ कम्पनीको ९४ लाख ७५ हजार ९३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ११ करोड ९६ लाख २ हजार ५४० रुपैयाँको कारोबार भएको छ ।

साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ । बैंकको आज एकैदिन ४७ करोड ४९ लाख ३४ हजार ५२१ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज मानुषी लघुवित्त र तेह्रथुम पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*