आइपीओ निष्कासनको तयारीमा रहेको आदर्श लघुवित्तको यस्तो छ वित्तीय विवरण

२५ कार्तिक २०७८, बिहीबार १४:२२

काठमाडौं । आर्दश लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा १२२.६४ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्ष २९ लाख ५४ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधिमा ६ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको छ । समिक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी ९४.२४ प्रतिशतले बढेर ४७ लाख ६१ हजार रुपैयाँ र सञ्चालन नाफामा १० लाख ५२ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजीको १ करोड ४० लाख रुपैयाँ रहेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आइपीओ ल्याउन अनुमति मागेको हो । कम्पनीको बिक्री प्र्रबन्धकको रुपमा बीओके क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*