सरकारले ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहत दिने, कस–कसले पाउछ यो सुविधा ?

२५ कार्तिक २०७८, बिहीबार १३:५३

काठमाडौं । नेपाल सरकारले कोभिड १९ को प्रभावबाट रोजगारी र आय आर्जनको अवसर गुमाएका अनौपचारिक क्षेत्रका रहेका अतिविपन्न गरिब ५ लाख परिवारलाई १० हजार रुपैयाँ राहतस्वरुप एकपटकलाई उपलब्ध गराउने भएको छ ।

रोजगारी पूर्ण रुपमा गुमाएका वा रोजगारीको अर्को अवसर प्राप्त गर्न नसकेका असंठित क्षेत्रका मजदुर र कामदारलाई सरकार राहत दिन छ । यसका साथै खुला सडक, फुटपाथ वा चौरमा सामान बेच्ने अति विपन्न ब्यवसायी, ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गाठाला, खेताला, ज्यालादारी श्रमिक, सार्वजनिक यातायाताका मजदुर लगायत कोभिड १९ बाट परिवारको आयआर्जन गर्ने मुख्य सदस्यको मुत्यु भइ आर्थिक सङ्क्रट झेल्नु परिरहेका परिवारलाई राहत प्रदान गरिनेछ ।

परिवारको कुनै सदस्य सरकारी, निजि वा अन्य कुनै संघ संस्था वा वैदेशिक रोजगारी स्थायी, अस्थायी वा करारमा रोजगारीको अवसर प्राप्त गरी आय आर्जन गरिरहेकाले आवेदन दिन पाउने छैन । साथै नेपाल सरकारले उपलब्ध गराउने समाजिक सुरक्षा वापतको भत्ता वा नेपाल सरकारको पूर्ण वा अधिकांश स्वामित्व भएको संस्थाबाट निवृत्तभरण वा विदेशी सरकारबाट पेन्सन सुविधा प्राप्त गरिरहेको ब्यक्तिले पनि उक्त राहत पाउने छैन ।
राहत प्राप्त गर्न योग्य ब्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र स्थायी वा अस्थायी रुपमा बस्दै आएको वडा कार्यालयमा निवेदन पेस गर्न मन्त्रालयले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*