सूर्याेदय लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफा बढ्दा नाफा १५९.०७ प्रतिशतले बढ्यो

२५ कार्तिक २०७८, बिहीबार १२:२३

काठमाडौं । सूर्योदय लघुवित्तले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १५९.०७ प्रतिशतले बढेर ३ करोड ६ लाख ४० हजार रुपैयाँ पुगेको छ । अघिल्लो बर्ष सोही अवधिमा कम्पनीले १ करोड १८ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

असोज मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएको देखिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २८.९८ प्रतिशतले बढेर ७ करोड ४६ लाख ६८ हजार रुपैयाँ पुगेको छ भने संञ्चालन नाफा २२१.८१ प्रतिशतले बढेर १ करोड ५२ लाख ४४ रुपैयाँ पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ४९ रुपैयाँ ४१ पैसा र प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ३२ पैसा रहेको छ । सूर्योदय र वोमी लघुविजबीच एक आपसमा मर्जर सम्झौता भएकाले दुबै कम्पनीको दोस्रो बजारमा शेयर कारोबार रोक्का रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*