सूर्योदय लघुवित्तको लाभांश प्रस्ताव, कति दिदैछ बोनस ?

२५ कार्तिक २०७८, बिहीबार ११:४५

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागको हो ।

कम्पनीको कात्तिक २५ गते बसेको संचालक समितिको १७० औं बैठकले आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँबाट २० प्रतिशत बोनस शेयर वितरणका लागि प्रस्ताव गरेको हो ।

उक्त बोनस शेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*