दुई दिनमा १७ सय रुपैयाँले बढ्यो सुनको, प्रतितोला कति ?

२५ कार्तिक २०७८, बिहीबार ११:३९

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यमा उकालो लागेको छ । बुधबार ४ सय रुपैयाँले बढेको सुन आज १ हजार ३ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, बुधबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज भने तोलामा २० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*