स्वावलम्बन लघुवित्तको ११,७५३ कित्ता संस्थापक शेयर लिलामीमा

२५ कार्तिक २०७८, बिहीबार ११:१३

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको ११ हजार ७५३ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

कम्पनीले उक्त शेयरको मूल्य प्रतिकित्ता ६७५ रुपैयाँ तोकेको छ । जसअनुसार आवेदकले आवेदन दिदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।

उक्त शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनी वा अन्य जो कोही ब्यक्ति तथा संघ संस्थाले मंसिर १ गते भित्र आवश्यक कागजात खुलाई कम्पनीको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*