कामना सेवा विकास बैंकको संचालक समिति गठन, अध्यक्षमा सुदिप आचार्य

२५ कार्तिक २०७८, बिहीबार ११:०७

काठमाडौं । कामना सेवा विकास बैंकले अध्यक्ष, संचालक तथा लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न १५ औं वार्षिक साधारण सभाबाट उक्त पद नियुक्त भएको हो ।

कम्पनीको कात्तिक २३ गते पार्क भिलेज बुढानीलकण्ड, काठमाडौंमा सम्पन्न भएको सभाले संस्थापक समूह अन्तर्गत संचालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सुदिप आचार्य, भिम प्रसाद तुलाचन, चतुराखर अधिकारी र सर्वसाधारण समूह अनतर्गत प्रतिधित्व गर्ने ३ जना संचालकहरुमा देवकृष्ण काफ्ले, विश्वेश्वर सुवेदी र बलराम आचार्यलाई संचालक समितिमा निर्विरोध निर्वाचित गरेको हो ।

सभापश्चात सोही मितिमा नै बसेको संचालक समितिको ३२० औं बैठकले संचालक समितिको अध्यक्षमा सुदिप आचार्यलाई नियुक्त गरेको छ ।
साथै सोही साधारण सभाबाट बैंकको आर्थिक वर्ष २०७८।०७९ को बाह्यलेख परिक्षणको लागि लेखापरिक्षकमा पीकेएफ टिआर उपाध्याय एण्ड कम्पनीलाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*