नेपाल राष्ट्र बैंकले १४ दिन अवधिको २० अर्बको रिपो जारी गर्दै

२४ कार्तिक २०७८, बुधबार १८:१९

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिदेखी २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले मंङ्सिर ९ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्ने लागेको हो ।बैंकले तरलता ब्यवस्थापनका निम्ति केन्द्रिय बैंकले यस अघि यही महिनामा २ पटक रिपो जारी गरिसकेको छ । भोलि जारी हुने रिपो सहित अब ५० अर्ब बराबरको रकम वित्तीय प्रणालीमा प्रवाह हुनेछ । केन्द्रिय बैंकका अनुसार बोलकबोलमा इजाजतप्राप्त क ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउनेछन् ।

तरलता ब्यवस्थापनमा बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्दै आइरहेका केन्द्रिय बैंकले जनाएको छ । हाल अन्तरबैंक सापटीको दर ४ दशमलव ९६ प्रतिशत पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*