माछापुच्छ्रे बैंकको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डाहरु

२५ कार्तिक २०७८, बिहीबार ०७:३८

काठमाडौं ।  माछापुच्छ्रे बैंकको २३औं वार्षिक साधारण सभा भोलि हुने भएको छ । बैंकले सभा होटल पोखरा ग्राण्ड पार्दी पोखरा कास्कीमा बिहान ११ बजे गर्ने सूचना मार्फत जानकारी दिएको छ ।

सभाले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र शून्य दशमलव ७० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले यस माछापुच्छ्रे बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्न गाभिन वा प्राप्ति गर्न तथा बैदेशिक रणनितीक साझेदारीका लागि आवश्यक देखिएमा जस्ता आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

कात्तिक ७ गते साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज भईसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*