थप ४४० जनामा कोरोना संक्रमण पुष्टि

२४ कार्तिक २०७८, बुधबार १६:५८

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा आज थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार आज ५ हजार ४०७ जनामा पीसीआर परीक्षण गर्दा ३८७ जनामा र १ हजार ४०७ जनामा एन्टिजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, बुधबार पहिल्लो २४ घण्टामा ४७४ जना कोरोनना संक्रमणमुक्त भएको छ भने ६ जना संक्रमितको मूत्यु भएको छ । हाल देशभर ७ हजार ५१९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*