पाँच विकास बैंकले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन बाँकी तीन विकास बैंक

२४ कार्तिक २०७८, बुधबार १६:२९

काठमाडौं । नेप्सेमा सूचीकृत विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । पाँच विकास बैंकहरुले लाभांश घोषणा गरिसकेका छन्। यी मध्ये मुक्तिनाथ विकास बैंक, शाईन रेसुंगा र लुम्बिनी विकास बैंकको बुक क्लोजको मिति तय हुन अझै बाँकि रहेको छ। लगानीकर्ताले उक्त शेयर किन्दा अझै लाभांश पाउन सक्नेछन् ।

विकास बैंकहरुमध्ये कामना सेवा विकास बैंकको धेरै लाभांश घोषणा देखिएको छ। यो बैंकले कुल १९ दशमल ४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १८ दशमलव ५ प्रतिशत बोनस र ० दशमलव ९७ प्रतिशत नगद लाभांश छन्।

मुक्तिनाथ विकास बैंकले कुल १८ दशमलव ५ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमा १७ दशमलव ५७५ प्रतिशत बोनस र ० दशमलव ९२५ प्रतिशत नगद लाभांश रहेका छन्।
यसैगरी लुम्बिनी विकास बैंकले १३ दशमलव ७१२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैंकले १० प्रतिशत बोनस र ३ दशमलव ७१२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।सांग्रिलाले १० प्रतिशत बोनस र ० दशमलव ५२६३ प्रतिशत नगद गरी कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ।शाइन रेसुंगाले १० दशमलव ९३ प्रतिशत बोनस र ० दशमलव ५७ प्रतिशत नगद गरी कुल ११.५ प्रतिशत लाभांश घोषणा गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*