आँधीखोला लघुवित्तको खुद नाफा ४१.४४ प्रतिशतले बृद्धि, अधिकांश सूचकमा सुधार

२४ कार्तिक २०७८, बुधबार १२:१५

काठमाडौं । आँधीखोला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफामा उत्कृष्ट प्रदर्शन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४१ दशमलव ४४ प्रतिशत बढीले खुद नाफा आर्जन गर्न सफल भएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा ४१.४४ प्रतिशतले बढेर ९३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । जुन गत बर्ष सोही अवधिमा कम्पनीले ६६ लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

असोज मसान्तसम्मको अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । सो अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८.३० प्रतिशतले बढेर १ करोड ८१ लाख रुपैयाँ र सञ्चालन नाफा ५.५३ प्रतिशतले बढेर ९६ लाख रुपैयाँ पुगेको छ ।

हाल कम्पनीको चुक्तापूँजीको १० करोड रुपैयाँ रहेको छ भने प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७८ रुपैयाँ ७९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*