सुन तोलामा ४ सयले बढ्दा चाँदीको मूल्य स्थिर

२४ कार्तिक २०७८, बुधबार ११:३२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, मंगलबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रहदै सोही मूल्यमा कारोबारा भइहरेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*