प्लस टु पासलाई सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

२४ कार्तिक २०७८, बुधबार ११:२८

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिलेशनसिप म्यानेजर पदमा कर्मचारी आवश्यकता रहेको जनाएको हो ।

बैंकले रिलेशससिप म्यानेजर अन्तर्गतको असिस्टेन्ट।सिनियर असिस्टेन्ट।सुपरभाइजर।जुनियर अफिसर नेपालगंज भित्रका विभिन्न शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले असिस्टेन्ट लेभलका लागि प्ल टु पास उत्तीर्ण र अफिसर लेभलका लागि स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जानकारी गराएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले मंसिर ८ गतेसम्म सम्पूर्ण कागजात सहित कम्पनीको वेबसाइट https://idocs.shangrilabank.com/career/  मा गई आवेदन दिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*