युनिक नेपाल लघुवित्तको खुद नाफामा छलाङ, अन्य सूचक कस्तो ?

२४ कार्तिक २०७८, बुधबार ११:१३

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफामा आकर्षक वृद्धि गरेको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २९३.७८ प्रतिशतले बढेर ३ करोड २३ लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक बर्ष सोही अवधिमा यसको खुद नाफा ८२ लाख २० हजार रुपैयाँमा सिमित थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि वृद्धि भएको छ । सो अवधिमा खुद ब्याज आम्दानी १७.४५ प्रतिशतले बढेर ७ करोड ७ लाख ४२ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा ११ लाख २ हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजीको ९ करोड ६८ लाख रुपैयाँ रहेको छ । युनिक नेपाल घोडीघोडी लघुवित्तसँग मर्ज हुँदैछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*