समीट लघुवित्तको साढे १२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

२४ कार्तिक २०७८, बुधबार ११:०२

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक समूह तर्फको १२ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

संस्थाका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्रीका लागि आवेदन दिए बमोजिमा संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । इच्छुक शेयर खरिद गर्ने चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र कम्पनीको केन्द्रिय कार्यालय गोरखा १३ मा आवश्यक कागजात संकलन गरी पेश गर्न सकिनेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*