प्राइम लाइफको १४औं साधारण सभा मंसिर १९ गते, यस्ता छन् एजेण्डा

२४ कार्तिक २०७८, बुधबार १०:५८

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले चौधौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले सभा मंसिर १९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाण्डौंमा दिउँसो २ बजे बस्ने गरी डाकेको हो ।

कम्पनीको संचालक समितिको कात्तिक २३ गते बसेको १४९ औं बैठकको निर्णयअनुसार सभा उक्त मिति, स्थान र समयमा हुने भएको हो ।
सभाले आर्थिक वर्ष २०७६।०७७ सम्मको संचित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार रुपैयाँको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ करोड ९० लाख ८२ हजार रुपैयाँ लाभांश अनुमोदन गरी पारित गर्नेछ ।

साथै सभाले कम्पनीको हाल कायम संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात ७० प्रतिशत र ३० प्रतिशत रहेको सो अनुपात परिवर्तन गरी संस्थापक र सर्वसाधारण समुहको शेयर लगानी अनुपात क्रमशः ६० प्रतिशत र ४० प्रतिशत (६०ः४०) गर्ने प्रस्ताव स्वीकृत गर्ने एजेण्डा रहेको छ । त्यस्तै, संस्थापक र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने गरी संचालकहरुको मनोनयन गर्ने सभाको एजेण्डा रहेको छ ।

साथै सोही सभाले आर्थिक वर्ष २०७६।०७७ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात, नाफा।नोक्सान, हिसाब सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण पारित गर्ने, आ.व. २०७७।०७८ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने र स्वतन्त्र संचालक नियुक्तिको अनुमोदन गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि बुकक्लोजको मिति तय गरिसकेको छ । कम्पनीले मंसिर १० गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जसअनुसार मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले प्रस्ताव गरेको सोही प्रतिशत लाभांश पाउने र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*