बैंकहरु ऋण दिनै नसक्ने अवस्था पुगेः निवर्तमान अध्यक्ष दाहाल

२३ कार्तिक २०७८, मंगलवार १९:१८

काठमाडौं । नेपाल बैंकर्स संघका निवर्तमान अध्यक्ष भुवन दाहालले बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।

नेपाल बैंकर्स संघको ३५ औं बार्षिक साधारणसभालाई सम्बोधन गर्दै आजैबाट नेतृत्व हस्तान्तरण गरेका संघका अध्यक्ष दाहालले भने, ‘कर्जाको माग बढी भएपनि बैंकहरु ऋण दिन नसक्ने अवस्थामा पुगेका छन् ।’ चालु आर्थिक बर्षको पहिलो त्रैमासमा पनि कर्जा प्रवाह धेरै गएकोले अहिले अप्ठेरो अवस्था आएको उनले बताए ।

नेपालका सबैं बैंकका सिईओ तथा उच्च पदस्थ अधिकारीहरु तथा राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारी उपस्थित कार्यक्रममा ढुंगानाले भने ‘पहिलो त्रैमासनमा धेरै कर्जा प्रवाह भएका कारण अहिले निजी क्षेत्रमा जाने कर्जाको मात्रा घटेको छ ।’

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*