बैंक अफ काठमाण्डूका ग्राहकहरुले दराजमा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउने

२४ कार्तिक २०७८, बुधबार ०७:०९

काठमाडौं बैंक अफ काठमाण्डू लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्ड बाहकहरुले दराजको ११.११ योजनामा तीन हजार पाँच सय रुपैयाँसम्म छुट पाउन सम्झौता भएको हो ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले दराजको ११.११ योजनामा डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी अनलाइनको माध्यमबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम ३५०० रुपैयाँसम्मको छुटको सुबिधा उपयोग गर्न सक्नेछन् ।

बैंकको कार्डबाहकहरुले यस योजनाबाट आफुलाई आवश्यक सामान खरिद गरी अनलाइन माध्यम मार्फत रकम भुक्तानी गर्दा बैंकको डेबिट कार्ड प्रयोग गर्नुभएमा १५ प्रतिशत (अधिकतम ३ हजार) सम्म छुट र क्रेडिट कार्ड प्रयोग गर्नुभएमा १५ प्रतिशत (अधिकतम ३५०० रुपैयाँ) सम्म छुटको पाउनेछन् । उक्त छुटमा राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डका सामानहरु खरिद गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*