कामना सेवा विकास बैंकको साधारण सभा सम्पन्न, १९.४७ प्रतिशत लाभांश प्रस्ताव पारित

२३ कार्तिक २०७८, मंगलवार १८:५७

काठमाडौं । कामना सेवा विकास बैंकले १५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं जिल्लाको बूढानीलकन्ठको पार्क भिजेल रिसोर्टमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
उक्त सभाले बैंकले गत आर्थिक बर्षको मुनाफाबाट लगानीकर्तालाई १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । सभा र लाभांश वितरणका लागि कात्तिक १० गते एक दिन बुक क्लोज गरेकाले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्नेछन् ।

त्यस्तै, सभाले अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग गाभ्ने गाभिने सम्बन्धी सम्पूर्ण कार्य गर्न संचालक समितिलाई दिने र गत आर्थिक बर्षको वासलात, नाफा नोक्सान र नगद प्रवाह माथि छलफल गर्न प्रस्ताव समेत पारित गरेको छ । साथै चालु आर्थिक बर्षको लागि लेखा परीक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्न प्रस्ताव समेत पारित गरेको हो ।

सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम तय गरेकोमा पुरानै सञ्चालकहरुलाई निर्विरोध निर्वाचित गरेको छ । कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ६५ करोड १९ लाख ६३ हजार रुपैयाँ रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*