थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि, ४८४ जना संक्रमणमुक्त

२३ कार्तिक २०७८, मंगलवार १७:१०

काठमाडौं । पछिल्लो २४ घण्टामा आज देशभर ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १४ हजार ९१८ जनामा पीसीआर परीक्षण गर्दा ४४३ जनामा र १ हजार ८१८ जनामा एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, मंगलबार पछिल्लो २४ घण्टामा ४८४ जना संक्रमणमुक्त भएको छ भने १ जना संक्रमितको मूत्यु भएको छ । हाल देशभर ८ लाख १५ हजार ३७२ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*