राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोषबीच बीमा सम्झौता

२३ कार्तिक २०७८, मंगलवार १६:५६

काठमाण्डौं । राष्ट्रिय बीमा संस्थान र सैनिक कल्याणकारी कोष बीच नेपाली सेनामा कार्यरत सकल दर्जाहरुलाई राष्ट्रिय वाणिज्य बैंकबाट प्रदान गरिने सहुलयितपूर्ण आवास कर्जाको सुरक्षण गर्ने र उनीहरुलाई राहत पुर्याउने उद्देश्यले जीवन बीमा गर्ने सम्झौता सम्पन्न भएको छ ।

नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको समुपस्थितिमा सम्पन्न उक्त सम्झौता पत्रमा नेपाली सेनाका तर्फबाट सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्द कुमार अधिकारी र संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठकले हस्ताक्षर गरेको संस्थानले जनाको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*