कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कन सम्बन्धि तालिम दिदै युनाइटेड इन्स्योरेन्स

२३ कार्तिक २०७८, मंगलवार १४:०१

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपन्छी बीमाको क्षति मुल्याङ्कनकर्ताको तालिम दिने भएको छ । उक्त तालिम सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको साँफेबगरमा मंसिर १ र २ गते बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने लागेको हो ।

मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि वा पशुपन्छि सम्बन्धी विषयमा कम्तीमा दश जोड र दुई वा प्रवीणता प्रमाणपत्र तह उत्तिर्ण इच्छुक ब्यक्तिले आवश्यक कागजात सहित कात्तिक २६ गते कम्पनीको शाखा कार्यालय अछाम वा शाखा कार्यालय मार्तडी बाजुरामा सम्र्पक राख्न सक्नेछन् ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*