तेह्रथुम पावर र मानुषी लघुवित्तको शेयर ९.९९ प्रतिशतले बढ्यो, शेयरमूल्य कति ?

२३ कार्तिक २०७८, मंगलवार १३:४७

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पूँजी बजार खुलेको केही समयमा नै तेह्रथुम पावर कम्पनी र मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सर्किट लागेको छ ।

यी दुई कम्पनीको शेयर अघिल्लो कारोबार दिनको तुलनामा ९.९९ प्रतिशतले बृद्धि भएको छ । तेह्रथुम पावरको शेयरमूल्य सोही प्रतिशतले बढेर ३६३ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै, मानुषी लघुवित्तको शेयरमूल्य सोही प्रतिशतले बढेर ८४४ रुपैयाँ ३० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*