धौलागिरी लघुवित्तको खुद ब्याज आम्दानी र संचालन नाफासँगै खुद नाफामा उत्कृष्ट सुधार

२३ कार्तिक २०७८, मंगलवार १३:२८

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा लगायत अधिकाशं सूचक बढेको देखाएको छ ।

पहिलो त्रैमाससम्मको अवधिमा कम्पनीको खुद नाफा १८४३.३३ प्रतिशतले बढेर ९७ लाख ७५ हजार रुपैयाँ पुगेको छ जुन गत बर्ष सोही अवधिमा ५ लाख ३ हजार रुपैयाँ मात्र कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि सुधार देखिएको छ । कम्पनीको खुद ब्याज आम्दानी २९.०५ प्रतिशतले बढेर २ करोड ३४ लाख रुपैयाँ र सञ्चालन नाफा ११४०.७८ प्रतिशतले बढेर १ करोड ४ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।

त्यस्तै, असोज मसान्तसम्ममा कम्पनीको चुक्तापूँजी ७ करोड रुपैयाँ रहेको छ भने खराब कर्जा २.८७ प्रतिशत रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*