मेरो माइक्रोफाइनान्स लघुवित्तको खुद नाफामा २९७.९८ प्रतिशतले वृद्धि, अधिकाशं सूचकमा सुधार

२३ कार्तिक २०७८, मंगलवार १२:३७

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफामा आकर्षक वृद्धि भएको देखिएको छ ।

पहिलो त्रैमाससम्ममा कम्पनीको खुद नाफा २९७.९८ प्रतिशतले बढेर १२ करोड ८५ लाख ४१ हजार रुपैयाँ कमाएको हो । जुन अघिल्लो बर्ष सोही अवधिमा खुद नाफा ३ करोड २३ लाख १५ हजार रुपैयाँ कमाएको थियो ।

समिक्षा अवधि भित्र कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि वृद्धि भएको देखाएको छ । सो अवधिमा खुद ब्याज आम्दानी १४०.९४ प्रतिशतले बढेर २७ करोड १९ लाख ६८ हजार रुपैयाँ पुगको छ । गत बर्ष १ करोड ७ लाख ७८ हजार रुपैयाँँ रहेको संञ्चालन नाफा यो बर्ष १६ करोड १७ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी ५१ रुपैयाँ ४२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५८ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*